बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ

बुधबार, २४ असार २०८३, ०९ : ४३
बुधबार, २४ असार २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
  • सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
  • यादवको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ बरामद गरिएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका वडा नं। ४ स्थित मिर्चौया(बन्दीपुर सडक खण्डबाट नियन्त्रणमा लिएको हो । 

खानतलासीका क्रममा उनको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ र एउटा मोबाइल समेत बरामद गरिएको छ । 
उनीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप