फिल्मको हिरो बन्दै कमेडियन प्रभात
सारांश
- चर्चित कमेडियन प्रभात लामा फिल्म 'तीन तिघ्रे क्या बिग्रे' बाट हिरोको रूपमा देखिने भएका छन् ।
- रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका लागि स्क्रिप्ट पूजा सम्पन्न भइसकेको छ ।
- फिल्ममा गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले पनि मुख्य भूमिकामा अभिनय गर्नेछिन् ।
काठमाडौँ । पछिल्लो समय कमेडियन एकपछि अर्को गर्दै फिल्म डेब्यु गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा चर्चित कमेडियन प्रभात लामा पनि फिल्मको हिरो बन्ने भएका छन् । प्रभात फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट हिरोको रूपमा देखिने भएका हुन् ।
फिल्मको मुख्य भूमिकामा उनी हालै अनुबन्धित भएका हुन् । फिल्म अभिनयलाई लिएर प्रभात उत्साहित रहेका छन् । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ केही अगाडि सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माणको घोषणा गरिएको हो । अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने फिल्म असार महिनाको अन्तिमबाट छायाङ्कनमा जानेछ ।
फिल्ममा चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त समेत मुख्य भूमिकाको लागि फाइनल भएकी छन् । यी दुवै कमेडी जनरामा निर्माण हुने यस फिल्म पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत हुने निर्देशक सापकोटाले बताए ।
निर्माता रघुनाथ सापकोटा रहेको फिल्म नेपाल वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा
-
विश्वकपमा युरोपियन मुलककै हालीमुहाली : किन बलियो देखियो युरोप ?
-
नोभाक जोकोविचको कीर्तिमान: विम्बलडन इतिहासकै सबैभन्दा लामो क्वार्टर फाइनल जित्दै सेमिफाइनलमा
-
भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा
-
प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा डाक्न सभामुखसँग एमालेको माग
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण