अपडेट
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
बुधबार, २४ असार २०८३, १२ : १४
सारांश
- नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो।
त्यस्तै, बुधबार सुनको मूल्य प्रति १० ग्राम २ लाख ४६ हजार १ सय ४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँ रहेको चाँदी बुधबार प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ८ सय ५८ रुपैयाँ कायम भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण