बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

डा. अमरेश कुमार सिंह चीन प्रस्थान

बुधबार, २४ असार २०८३, १४ : ३४
बुधबार, २४ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. अमरेश कुमार सिंह चीन प्रस्थान गरेका छन् । चार दिने भ्रमणका लागि सिंह बुधबार चीन गएको स्वकीय रञ्जित झाले जानकारी दिए । 

सिंह कुन प्रयोजनका लागि चीन गएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको झाले बताए । 

‘चार दिने भ्रमणका लागि उहाँ आज चीन जानुभएको हो । उहाँसँगै अन्य तीन/चार जना सांसद पनि जानुभएको छ । के कार्यक्रमका लागि गएका हुन् भन्ने विषयमा कुनै जानकारी छैन’, झाले रातोपाटीसँग भने।

उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ । सिंहको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारसँग उनी असन्तुष्ट छन्। रास्वपाको चितवनमा भएको प्रथम महाधिवेशनमा पनि उनी सहभागी भएका थिएनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप