बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

बिहीबार, २५ असार २०८३, १० : ४७
बिहीबार, २५ असार २०८३

सारांश

  • नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।
  • छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा रु दुई हजार ४०० ले घटेको हो ।
  • चाँदीको मूल्य प्रतितोला रु चार हजार ३४० कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा रु १६० ले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु दुई हजार ४०० ले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम रु दुई लाख ४४ हजार ८५ निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो ।

आज चाँदीको मूल्य प्रतिदश ग्राम रु तीन हजार ७२० दशमलव ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप