शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन

शनिबार, २७ असार २०८३, ०१ : ३७
शनिबार, २७ असार २०८३

काठमाडौँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को दोस्रो क्वार्टरफाइनल खेलको पहिलो हाफ समाप्त भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफको समाप्तिसम्म स्पेन र बेल्जियम १–१ गोलको बराबरीमा रहेका छन् ।

खेलको पहिलाे हाइड्रेशन ब्रेक लिइँदासम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि त्यसपछि खेलले गति लियो । खेलको ३०औँ मिनेटमा स्पेनका मिडफिल्डर फाबियन रुइजले उत्कृष्ट गोल गर्दै स्पेनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।

तर स्पेनको त्यो अग्रता धेरै समय टिक्न पाएन । खेलको ४१औँ मिनेटमा बेल्जियमका स्ट्राइकर चार्ल्स डे केटेलेरेले टिमोथी कास्टान्येको उत्कृष्ट पास लाई सदुपयोग गर्दै बराबरी गोल फर्काए । यस गोलसँगै बेल्जियम खेलमा फर्किएको छ भने स्पेनले यस विश्वकप प्रतियोगितामा पहिलो पटक गोल व्यहोरेको छ। यसअघि लगातार ६ खेलसम्म कुनै गोल नखाएर ऐतिहासिक ‘क्लिन सिट’ राखेको स्पेनको मजबुत रक्षापङ्क्तिलाई बेल्जियमले पहिलो हाफमै तोड्न सफल भयो ।

पहिलो हाफ १-१ को रोमाञ्चक स्थितिमा टुङ्गिएपछि अब दोस्रो हाफ थप रोमाञ्चक र निर्णायक हुने निश्चित देखिएको छ। यस खेलको विजेता टोलीले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप