शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा

शनिबार, २७ असार २०८३, ०८ : १७
शनिबार, २७ असार २०८३

सारांश

  • विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् ।
  • उनले सामाजिक सञ्जालमा ट्राफिक नियम अटेर गर्नेलाई रु. ५० हजार जरिवाना गर्नुपर्ने अभिव्यक्ति फिर्ता लिँदै कसैलाई चोट पुगेको भए माफी मागेका हुन् ।
  • यसका साथै उनले आगामी एक वर्षसम्म कुनै पनि पत्रकार वा युटुबरलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई अन्तरवार्ता दिँदा रु। ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु। त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरूले मुटुमा हात राखेर सोच्नु होला।'

कडा घोषणा  भन्दै उनले थप लेखेका छन्– 'आज देखि मैले कुनै पनि ठुला साना युटुवरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन । केहि दिन अगाडि ट्राफिक जरिवाना सम्बन्धी कुरामा मलाई केहि थाहा छैन भन्दा भन्दै पनि उनीहरुले कोट्याई कोट्याई सोधेको थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो । अटेर गर्ने, अपराध गर्नेहरूलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? आफैले नै कल्पना गर्नुहोस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप