विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न रोक लगाएको छ ।
- झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले रोकेको हो ।
- प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ । झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो ।
निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘पोस्टर राखेर कार्यक्रम गर्ने तयारी गर्नुभएको रहेछ, हामीले रोकेका छौँ ।’
प्रसाईं यसअघि पटक पटक सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ परेर छुट्दै आएका थिए । जेनजी आन्दोलनपछि प्रसाईं ६ पटक पक्राउ परिसकेका छन् ।
विमानस्थलको आन्तरिक टर्मिनलमा प्रसाईंले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको बारेमा सम्बोधन गर्ने कार्यक्रम राखेका थिए । नागरिक बचाउ महाअभियानको व्यानरमा गर्न लागिएको कार्यक्रममा सम्पूर्ण अभियन्ताहरूलाई आन्तरिक टर्मिनलमा उपस्थित हुन आग्रह गरिएको थियो ।
प्रहरीले कार्यक्रम गर्न रोक लगाएर उनलाई भक्तपुरस्थित निवासमा लगेर छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण