मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
बुधबार, ३१ असार २०८३, ०९ : ०८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन्।
- उनले यसमा संलग्न जो कोहीमाथि अनुसन्धान र कारबाही हुनुपर्ने तथा राज्यले नागरिकको चिन्ता निराकरण गर्नुपर्नेमा जोड दिएका छन्।
- नेता झाले सरकारलाई प्रश्न गर्दै यस्तो बचपना देखाएर राजकाज चल्छ? भन्ने प्रश्न उठाएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–' यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने हैन।'
उनले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका छन्– 'यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण