सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, ०१ साउन २०८३, ११ : ०१
सारांश
- नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।
- छापावाल सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्य पनि घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ निर्धारण गरिएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण