बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विना विभागीय ६ मन्त्रीलाई विभिन्न विषयगत मन्त्रालयमा अतिरिक्त जिम्मेवारी तोकेका छन् ।
- मन्त्रीहरूलाई आन्तरिक मामिला, उद्योग, स्वास्थ्य, र वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न विषय हेर्ने जिम्मेवारी दिइएको छ ।
- मुख्यमन्त्रीको सचिवालयका अनुसार ओएनएम सम्पन्न भएपछि मन्त्री र मन्त्रालयको सङ्ख्या ८ कायम रहनेछ ।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विना विभागीय ६ मन्त्रीलाई अतिरिक्त जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको मन्त्रालय सङ्ख्या घटाउने निर्णयसँगै ६ जना विना विभागीय मन्त्रीलाई विभिन्न विषयगत मन्त्रालयमा अतिरिक्त जिम्मेवारी तोकेका हुन् ।
विना विभागीय मन्त्री बिनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय अन्तरगत सहकारी विषय हेर्ने जिम्मेवारी दिएका छन् भने मन्त्री जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तरगत श्रम, रोजगार तथा यातायात विषय हेर्ने जिम्मेवारी दिइएको छ ।
मन्त्री सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गत संस्कृति तथा पर्यटन विषय, मन्त्री किरण थापामगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य विषय, मन्त्री उर्मिला नेपाललाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत नै युवा तथा खेलकुद विषय र मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातावरण विषय हेर्ने जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय सङ्ख्या घटाइएको जनाएका छन् । मन्त्रालय पुनर्संरचनापछि सम्बन्धित विषयगत कार्यसम्पादनमा निरन्तरता कायम राख्न मन्त्रीहरूलाई अतिरिक्त विषयगत जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।
ओएनएम सम्पन्न भएपछि मन्त्री र मन्त्रालयको सङ्ख्या ८ कायम रहने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री बानियाँले यसअघि बिहान ७ मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण