रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
सारांश
- इंग्ल्याण्डले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई ४ विकेटले पराजित गर्यो ।
- विराट कोहलीले इंग्ल्याण्डविरुद्ध आफ्नो १४औँ ५० भन्दा बढी रनको स्कोर बनाएर सर भिभियन रिचर्ड्सको कीर्तिमान बराबरी गरे ।
- रोहित शर्मा र विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ८ हजार रनको साझेदारी पार गर्दै भारतको तेस्रो सफल जोडी बने ।
कार्डिफ । इंग्ल्याण्डले दोस्रो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ४ विकेटले पराजित गर्यो ।
कार्डिफको सोफिया गार्डेन्समा खेलिएको यस खेलमा भारत पराजित भए पनि विराट कोहलीले इंग्ल्याण्डविरुद्ध आफ्नो १४औँ ५० भन्दा बढी रनको स्कोर बनाएर वेस्टइन्डिजका सर भिभियन रिचर्ड्सको कीर्तिमान बराबरी गरे ।
इंग्ल्याण्डविरुद्ध एकदिवसीयमा सबैभन्दा बढी १५ पटक ५०+ स्कोर बनाउने कीर्तिमान भने श्रीलंकाका कुमार सङ्गाकाराको नाममा छ । कोहली अब सङ्गाकाराभन्दा मात्र एक अर्धशतक पछाडि छन् ।
यसका साथै विराट कोहली र रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा ८ हजार रनको साझेदारीको आँकडा पनि पार गरे । खेलका क्रममा श्रेयस अय्यरले प्रहार गरेको बल मैदानमा बसिरहेको सीगल चरालाई लागेपछि केही समय खेल समेत रोकिएको थियो ।
- रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
रोहित शर्मा र विराट कोहलीले अब अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ८ हजार २१ रनको साझेदारी गरिसकेका छन् । यससँगै यो जोडी भारतको तेस्रो सबैभन्दा सफल साझेदारी गर्ने जोडी बन्यो । कार्डिफमा यी दुईले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए ।
- बुमराहको ऐतिहासिक पहिलो बलमै विकेट
भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले इंग्ल्याण्डको इनिङ्सको पहिलो बलमै बेन डकेटलाई विकेटकिपर इशान किशनको हातबाट क्याच आउट गराए । उनी इंग्ल्याण्डविरुद्ध एकदिवसीय खेलमा इनिङ्सको पहिलो बलमै विकेट लिने पहिलो भारतीय बलर बनेका छन् ।
- जो रुटले उछिने विराट कोहलीलाई
इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले ९९ रनमा अविजित रहँदै उत्कृष्ट इनिङ्स खेले । यससँगै जितेका एकदिवसीय खेलहरूमा रन चेज (लक्ष्य पछ्याउने) गर्दा उनको ब्याटिङ औसत ९१.५९ पुगेको छ । कम्तीमा २ हजार रन बनाउने ब्याट्सम्यानहरूमध्ये अब उनीभन्दा अगाडि महेन्द्रसिंह धोनी (१०२.७१) मात्र छन् भने ८९.०७ को औसत रहेका विराट कोहली तेस्रो स्थानमा खुम्चिएका छन् । रुट एकदिवसीय खेलमा ९९ रनमा अविजित रहने इंग्ल्याण्डका पहिलो ब्याट्सम्यान पनि बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण