अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
सारांश
- भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री जेनिफर विंगेटले सिंगापुरमा आधारित व्यवसायी विलियम इश्माइलसँग बेलायतमा विवाह गरेकी छन् ।
- जेनिफर र विलियमले जुलाई १६ मा बेलायतमा आयोजित निजी समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइहरूको उपस्थितिमा विवाह गरेका थिए ।
- उनले पहिलो पटक विलियमलाई सार्वजनिक रूपमा आफ्ना श्रीमानका रूपमा परिचय गराएकी हुन् ।
मुम्बई । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री जेनिफर विंगेटले विवाह गरेकी छन् । विंगेटले सिंगापुरका व्यवसायी विलियम इश्माइलसँग बेलायतमा निजी समारोहबिच विवाह गरेकी हुन् ।
केही दिनदेखि चलेको विवाहको चर्चापछि जेनिफरले सामाजिक सञ्जालमार्फत विवाहका झलक सार्वजनिक गर्दै विवाह भएको पुष्टि गरेकी हुन् ।
जेनिफर र विलियमले जुलाई १६ मा बेलायतमा आयोजित निजी समारोहमा विवाह गरेका छन् । विवाहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी भएको बताइएको छ ।
विवाहपछि जेनिफरले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो साझा गर्दै लेखेकी छन्, ‘अन्ततः हाम्रो भाग्य एक भयो,’ ।
भिडियोमा चर्चमा भएको विवाह समारोह, औँठी साटासाट, पाहुनाहरूको शुभकामना र नव विवाहित जोडीका भावुक क्षणहरू समेटिएका छन् । उनले पहिलो पटक विलियमलाई सार्वजनिक रूपमा आफ्ना श्रीमानका रूपमा परिचय गराएकी हुन् ।
विवाहअघि जेनिफरको ब्राइडल गाउनको ट्रायल तथा तयारीका केही भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । ती भिडियो सार्वजनिक भएपछि विवाहबारे अड्कलबाजी सुरु भएको थियो । पछि अभिनेत्री स्वयंले विवाहको भिडियो साझा गरेपछि ती चर्चाको पुष्टि भएको हो ।
विवाह समारोहका लागि जेनिफरले सेतो रङ्गको आकर्षक ब्राइडल गाउन र लामो भेल लगाएकी थिइन् । चर्चबाट बाहिर निस्कँदा परिवार र साथीहरूले उनीहरूलाई फूल र कन्फेटी वर्षाएर स्वागत गरेका दृश्य पनि भिडियोमा देखिन्छ ।
विलियम इश्माइल सिंगापुरका व्यवसायी तथा वित्त क्षेत्रसँग सम्बन्धित पेसाकर्मी हुन् । उनी सार्वजनिक जीवनबाट टाढा रहन्छन् । प्रायः आफ्नो व्यक्तिगत जीवन गोप्य राख्ने गरेका छन् ।
४१ वर्षीया जेनिफर भारतीय टेलिभिजनका चर्चित अनुहारमध्ये एक हुन् ।
उनले ‘दिल मिल गए’,‘सरस्वतीचन्द्र’, ‘बेहद’,‘बेपनाह’ लगायत लोकप्रिय धारावाहिकबाट व्यापक लोकप्रियता हासिल गरेकी छन् । पछिल्ला वर्षहरूमा उनी ओटीटी परियोजनाहरूमा पनि सक्रिय छिन् ।
जेनिफरको यसअघि अभिनेता करण सिंह ग्रोवरसँग विवाह भएको थियो । सन् २०१४ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण