प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
सारांश
- नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति अवलम्बन गरेको आरोप लगाएको छ ।
- महासंघले आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुसार सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा गरिएको भए पनि व्यवहारमा प्रेसमाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन तथा सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको उल्लेख गरेको छ ।
- यही मागलाई थप सशक्त रूपमा उठाउन नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले साउन ९ गते, शनिबार दिउसो ३ बजे काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति अवलम्बन गरेको आरोप लगाउँदै त्यसको विरोधमा साउन ९ गते माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ ।
बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुसार सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा गरिएको भए पनि व्यवहारमा प्रेसमाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन तथा सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको उल्लेख गरेको छ । महासंघले यस्ता गतिविधिका कारण नेपाली सञ्चार क्षेत्र डरलाग्दो स्वनियन्त्रणको अवस्थाबाट गुज्रिरहेको दाबी गरेको छ ।
महासंघका अनुसार लोकतान्त्रिक व्यवस्थामा सञ्चार क्षेत्रले लामो समयदेखि उठाउँदै आएका समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चार माध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापन व्यवस्थाको समयानुकूल सुधार, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित आवश्यक संरचनाको गठन तथा पत्रकारको बीमा र सामाजिक सुरक्षालगायतका मागप्रति सरकारले अपेक्षित चासो नदेखाएको छ ।
विज्ञप्तिमा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट हटाइएको स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनप्रति भने आशंका व्यक्त गरेको छ । अदालतको आदेश व्यवहारमा कार्यान्वयन नभए सञ्चार क्षेत्र थप समस्यामा पर्ने महासंघको भनाइ छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारसँग तत्काल प्रतिकूल नीतिहरू फिर्ता लिन माग गरेको छ । साथै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।
यही मागलाई थप सशक्त रूपमा उठाउन नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले साउन ९ गते, शनिबार दिउसो ३ बजे काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। कार्यक्रममा सञ्चारकर्मी, नागरिक अधिकारका पक्षधर तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि महासंघले आह्वान गरेको छ।
संयुक्त विज्ञप्तिमा उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा (कार्की), काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की तथा भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारले हस्ताक्षर गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण