द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
सारांश
- द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित भएका छन्।
- आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा सम्मानित हुने विद्यार्थी हुन्।
- उनीहरूलाई काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित ‘नेशनल अवार्ड सेरेमोनी २०२६’ मा औपचारिक रूपमा सम्मान गरिएको हो।
काठमाडौँ। द ब्रिटिस मोडल कलेजका पाँच जना विद्यार्थी विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डअन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित भएका छन्।
सम्मानित हुने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना केरुङ र शशांक झा रहेका छन्।
उनीहरूलाई द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड नेपालद्वारा काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित ‘नेशनल अवार्ड सेरेमोनी २०२६’ मा औपचारिक रूपमा सम्मान गरिएको हो। सो समारोहमा देशभरका ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड विजेताहरूलाई उनीहरूको मेहनत, लगनशीलता, आत्मविकासप्रतिको प्रतिबद्धता तथा सामुदायिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालन हुने विश्वव्यापी रूपमा मान्यता प्राप्त आत्मविकास कार्यक्रम हो। यसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन तथा साहसिक यात्रामार्फत आफ्नो व्यक्तित्व विकास गर्न प्रेरित गर्छ। ब्रोंज अवार्ड सहभागीहरूको निरन्तर मेहनत, अनुशासन र व्यक्तिगत विकासको यात्रामा हासिल भएको महत्त्वपूर्ण उपलब्धि मानिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण