आरती रावल पुर्पक्षका लागि थुनामा
शुक्रबार, ०८ साउन २०८३, १४ : ०१
सारांश
- आरती रावललाई विद्युतीय कारोबार ऐन अनुसार मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
- प्रहरीको साइबर ब्युरोले असार २४ मा रावललाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
- रावललाई एक महिलालाई सामाजिक सञ्जालबाट गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको हो ।
काठमाडौँ । आरती रावललाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ । असार २४ मा प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको आदेश अनुसार रावललाई कारागार चलान गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप गिरीले रातोपाटीलाई बताए । एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोपमा उनी पक्राउ गरेकी थिइन् ।
रावल न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन् । यसअघि उनले गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा गिरीले सफाइ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण