प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल
सारांश
- नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताएका छन्।
- नेता दङ्गालले अन्तर–निकाय सम्बन्ध अत्यन्त प्राविधिक विषय भएकाले यसमा केवल अध्ययनकर्ता मात्र नभई सोही क्षेत्रमा प्रत्यक्ष कार्यरत अनुभवी विज्ञहरूको परामर्श लिनु उपयुक्त हुने सुझाव दिएका छन्।
- उनले विषयवस्तुको गाम्भीर्यका आधारमा विज्ञ छनोट गर्नुपर्ने र अन्तरनिकाय सम्बन्धको विषय प्राविधिक भएकाले यस क्षेत्रमा प्रत्यक्ष काम गरिरहनुभएका विज्ञबाट प्रस्तुति गराउनु उपयुक्त हुने बताए।
काठमाडौँ। नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताएका छन्।
शुक्रबार सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै नेता दङ्गालले अन्तर–निकाय सम्बन्ध अत्यन्त प्राविधिक विषय भएकाले यसमा केवल अध्ययनकर्ता मात्र नभई सोही क्षेत्रमा प्रत्यक्ष कार्यरत अनुभवी विज्ञहरूको परामर्श लिनु उपयुक्त हुने सुझाव दिएका हुन्।
छलफलका क्रममा नेता दङ्गालले विषयवस्तुको गाम्भीर्यका आधारमा विज्ञ छनोट गर्नुपर्ने बताए। विज्ञ छनोट र विषयको प्राविधिक पक्षबारे बोल्दै उनले भने, ‘अन्तरनिकाय सम्बन्धको विषय प्राविधिक (टेक्निकल) भएकाले यस क्षेत्रमा प्रत्यक्ष काम गरिरहनुभएका विज्ञबाट प्रस्तुति गराउनु उपयुक्त हुन्छ।’
संसदीय समितिको कार्यप्रक्रियाबारे थप स्पष्ट पार्दै उनले भने, ‘यो विषय ऐन कार्यान्वयनसँग सम्बन्धित प्राविधिक र विषयगत भएकाले सभापतिज्यूले प्रस्ताव गर्नुभएझैँ खिमलालज्यू वा भरतराज गौतमज्यूमध्ये एकलाई जिम्मेवारी दिँदा उपयुक्त हुन्छ।’
ऐन कार्यान्वयनको विषय थिम्याटिक र प्राविधिक दुवै भएकाले सभापतिले प्रस्ताव गरे बमोजिम नै विज्ञहरूको पहिचान गरी कार्य अगाडि बढाउन उपयुक्त हुने नेता दङ्गालको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण