अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
सारांश
- संघीय संसदको विधायन व्यवस्थापन समितिले सदस्यहरूको अभिमुखीकरण कार्यक्रम सिंहदरबारभित्रै गर्ने निर्णय गरेको छ।
- आर्थिक स्रोतको अभाव र मितव्ययितालाई ध्यानमा राखी कार्यक्रम बाहिरका हलमा नभई संसदकै हलमा गरिनेछ।
- कार्यक्रमको मुख्य उद्देश्य उपसमितिका सदस्यहरूलाई कार्यक्षेत्रबारे स्पष्ट पार्नु र कानून मापनबारे विज्ञबाट जानकारी गराउनु हो।
काठमाडौँ । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिले आफ्ना सदस्यहरूका लागि आयोजना गर्ने अभिमुखीकरण कार्यक्रम सिंहदरबारभित्रै सञ्चालन गर्ने भएको छ।
समितिको शुक्रवार बसेको बैठकमा सभापति कृष्णबहादुर रोकायले आर्थिक स्रोतको अभाव र मितव्ययितालाई ध्यानमा राख्दै बाहिर जानुको सट्टा संसदकै हलहरू प्रयोग गरिने जानकारी दिए।
बैठकमा केही सदस्यहरूले फ्रेस हुने र नयाँ वातावरणमा छलफल गर्ने उद्देश्यले सिंहदरवार बाहिर कार्यक्रम गर्न सुझाव दिएका थिए। समितिले हालै दुईवटा उपसमिति गठन गरेको छ। जसमा कानून मापन र अन्तर–विधायी सम्बन्ध उपसमिति रहेका छन्।
यी उपसमितिका सदस्यहरूलाई कार्यक्षेत्रका बारेमा स्पष्ट पार्न र कानून मापनको आवश्यकता, आधार तथा प्रक्रियाबारे विज्ञहरूबाट जानकारी गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सभापति रोकायले बताए।
सभापति रोकायका अनुसार समितिले विज्ञहरूलाई दिने पारिश्रमिकको विषयमा पनि स्पष्ट पारेको छ। हालको मापदण्डअनुसार विज्ञलाई प्रतिसेसन ५ हजार रुपैयाँ मात्र उपलब्ध गराउन सकिने भन्दै रोकायले भने, ‘छुट्टै बजेट नभएकाले पनि बाहिर कार्यक्रम गर्न सम्भव छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण