आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बकर इदको उत्साहः २५ तस्विरमा हर्नुहोस्

बुधबार, ०६ भदौ २०७५, १० : ०१
बुधबार, ०६ भदौ २०७५

काठमाडौं - इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन् । 

तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इदउलजुहा’ पनि भन्ने गरिन्छ । 

यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । 

यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । 

इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ ।

सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम छ । 

आज बकर-इद: यस्तो छ भीभीआइपीहरुको शुभकामना

बकर इदको बिहान काठमाडौंको जामे मस्जिदमा सुवास श्रेष्ठले खिचेका २५ तस्विरः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप