भक्तपुरमा करेन्ट लागेर काफ्लेको मृत्यु
आइतबार, १० भदौ २०७५, २० : ०३
भक्तपुर– भक्तपुर निर्माणाधिन घरमा करेन्ट लागेर आइबार एक जना पुरुषको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त जगातीले दिएको जानकारी अनुसार भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक पाइपलाईनस्थित नाति प्रजापतिको बनिरहेको घरमा छानामा जस्ता राख्ने क्रममा दिउसोँ ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको छ ।
ओखलढुंगा घर भई हाल कमलविनायक बस्दै आएका काफ्लेको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीसँगै काम गरिरहेका सोही स्थान बस्ने ३८ वर्षका हिराबहादुर खड्का घाइते भएका छन् । उनको हात जलेका छन् । हाल खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण