शिविरलाई युद्ध पर्यटनको केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन् ।
तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि आज पहिलोपटक सुर्खेतको दशरथपुरस्थित ब्यारेक पुग्नुभएका मुख्यमन्त्री शाहीले जनसेनाको शिविर संरक्षण गरेर युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने बताए ।
लडाकुहरु अर्थात् जनसेनाले प्रयोग गरेका संरचनालाई संरक्षण गर्न जरुरी रहेको मुख्यमन्त्री शाहीले बताए । ‘यसलाई संरक्षण गर्न जरुरी छ’, उनले भने ।
आफूले छैटौँ डिभिजनको नेतृत्व गरिरहँदा रसिया, अमेरिकालगायतका देशका विद्यार्थीले लडाकुबारे अनुसन्धान गरेको बताउँदै उनले इतिहासलाई बचाउन लडाकुले प्रयोग गरेका सबै संरचनालाई संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो यो शिविरलाई विदेशीबाट समेत महत्व दिएर यसको अनुसन्धान गरी उनीहरुले शिक्षा प्राप्त गरेका छन् । यो हाम्रो सम्पदा भएकाले यसलाई युद्ध पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न जरुरी छ ।’
विगतमा लडाकुले प्रयोग गरेका संरचना र सामग्रीलाई सङ्ग्रालय बनाई पर्यटनका रुपमा विकास गर्न पहल गर्ने उनले जानकारी दिए । राज्यसत्ता परिवर्तन नगरी समृद्ध नेपाल निर्माण नहुने भन्दै मुख्यमन्त्री शाहीले जनयुद्ध गर्नुपरेको बताए ।
मुख्यमन्त्री शाहीले सुर्खेतको दशरथपुरमा रहेको छैटौँ डिभिजनको दुई वर्ष नेतृत्व गरेका थिए । तत्कालीन माओवादी सेनाका मुख्य र सहायक शिविर गरी २१ वटा अस्थायी शिविर रहेका थिए । त्यसैमध्येका तीन वटा सुर्खेतको लेकबेंसी नगरपालिकाको दशरथपुरमा थिए ।
कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि पहिलोपटक ब्यारेक हेर्न पुगेका शाहीले आफू बसेको भवन, ब्यारेक तथा आफूले प्रयोग गरेका गाडीको अवलोकन गरे । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा निर्माण गरिएको जनमुक्ति सेनामा डिभिजन कमाण्डरका रुपमा काम गरेका थिए ।
माओवादी सेनाले प्रयोग गरेका व्यारेक जीर्ण भई घाँसेझाडीमा परिणत भएकाले सरकारले यसको संरक्षण गर्नुपर्ने कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।
मन्त्री केसीले यसको इतिहासलाई बचाउनु प्रदेश सरकारको दायित्व भएकाले संरक्षणका लागि सरकारले आवश्यक पहल गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण