आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्विरमा हेर्नुहोस् बसन्तपुरको गाईजात्रा

सोमबार, ११ भदौ २०७५, ११ : ५१
सोमबार, ११ भदौ २०७५

काठमाडौँ । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा आज धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । 

यो पर्वमा एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्नेगरिन्छ । 

यसो गर्नाले वर्षभरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ । 

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफनी रानीलाई दुनियाँले पनि यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई पनि आ–आफना मरेका व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनि आदेश दिएकोमा यतिले पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुसार जात्राको प्रचलन चलेको बताइन्छ । 

देशका विभिन्न सहरमा गाईजात्रा मनाइएपनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता पाईन्छ । यस पर्वमा प्रहसन, सामाजिक विसंगति विरुद्ध व्यंग्यात्मक प्रर्दशन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ । 

जात्रामा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रुपमा विभिन्न कार्यक्रममा आयोजना हुँदै आएको छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचालमको नमूना तथा काठमाडौंको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छ ।

यसैबीच आज बसन्तपुरमा पनि नेवास समुदायले गाईजात्रा पर्व मनाएका छन् । 

सो यो क्रममा देखिएका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप