काठमाडौं ओर्लिए म्यानमारका राष्ट्रपति, राजधानीकाे सुरक्षाव्यवस्था कडा (फोटोफिचर)
काठमाडौं– बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन् । उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
सम्मेलन भदौ १४ र १५ गते हुँदैछ ।
यसैबीच भीभीआईपीहरु नेपाल आउने क्रम सुरु भएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
४ वटै सुरक्षा निकायले शंकास्पद स्थानहरुमा आफ्नो गस्ती र पट्रोलिङ बढाएका छन् ।
सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भिभिआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने शसस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सम्मेलन अवधिभर करिब ४ हजार शसस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् । यस्तै नेपाल प्रहरीका पनि १२ हजार बढी परिचालन हुनेछन् ।
काठमाडौं आइपुगे म्यानमारका राष्ट्रपति मिन्त (फोटोफिचर)
सशस्त्र प्रहरीले सोमबार देखि नै पुल तथा कल्भर्टहरुमा कभर लिइसकेका छन् । आकाशे पुल र अग्ला घरहरुबाट समेत शसस्त्र प्रहरीले सुरक्षा निगरानी गर्ने बताइएको छ ।
अहिले राजधानीका चोकचोकमा सशस्त्र र नेपाल प्रहरीलाई परिचालन गरिएको छ । उपत्यका भित्रिने नाकाहरुमा पनि चेकजाँचलाई कडा बनाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण