कलर्स मोबाइलले ल्यायो प्राइड ५सी र प्राइड ५ई एण्ड्रोइड गोे
काठमाडौं – कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत आफ्नो नयाँ शृँखला प्राइड ५सी र प्राइड ५ई प्रस्तुत गरेको छ । नयाँ प्राइड ५सी र प्राइड ५ईमा एण्ड्रोइड गोे को नयाँ सुविधा छ जसले एपको साइज ५० प्रतिशतले कम गरिदिन्छ भनें स्टोरेज क्षमता समेत वृद्धि गरिदिन्छ र राम्रो दृश्य देखिनका लागि १८ः९ को फुल भ्यू डिस्प्ले छ ।
१८ः९ को अनुपातीय डिस्प्ले र नवीनतम् एण्ड्रोइड गोे भर्सन ओरियोयुक्त परिचयात्मक स्मार्टफोनले सबैलाई मोहित पार्ने कम्पनीको दावी छ । साथै यसमा एनसेलको ३००० एमबी एनसेल डाटा पनि सित्तैमा पाइनेछ ।
कलर्स मोबाईलको आधिकारिक विक्रेता टेलिटकका प्रबन्ध निर्देशक प्रतिक जलानले बिक्री शुभारम्भ गर्दै भने, “परिचयात्मक खण्डको स्मार्टफोनलाई प्रायजसो मोबाइलका पारखीहरुले अधिक रुचाउने गर्दछन् र धेरै मोबाइल निर्माताहरु यसतर्फ अग्रसर छन् । प्रतिस्पर्धा कडा छ । हामीपनि सोही प्रतिस्पर्धामा छौं तर एण्ड्रोइड गो र १८ः९ फुल भ्यू डिस्प्ले देखिने स्क्रिनको विशेषताहरुका साथ, जसले ग्राहकहरुलाई ठूलो चौडा आकारको डिस्प्लेमा हेर्नुको आनन्दायक अनुभूति प्रदान गर्नेछ ।”
नयाँ प्राइड ५ सिरिजमा १.३ गिगाहर्ज प्रोसेसरको पावर्ड छ भनें फोटो, गीतसंगीत र भिडियोहरु स्टोरेज गर्न १जीबी ¥याम÷८जीबी रोमको क्षमता छ, यस्तै नवीनतम् एण्ड्रोइड गोे भर्सन ओरियोद्वारा साथ दिइएको एपहरु यसमा जडित छन् जसले फोनको कार्य क्षमता अभिवृद्धि गर्न खासमा मद्दत गर्दछ ।
प्राइड ५ई फोर जी र प्राइड ५सी थ्रीजीलाई साथदिने खालका छन् र यी फोनहरुमा ५ इन्च एवं १८ः९ अनुपातीय २.५ डि डिस्प्ले रहेको छ । यी फोनहरु मध्ये प्राइड ५सीको मूल्य ७,५९५ रुपैंया र प्राइड ५ ईको मूल्य ८,९९५ रुपैयाँ कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण