कमल गाउँलेले भने– विदेशमा पैसा रुखमा फल्दैन (भिडियोसहित)
सल्यान –पछिल्लो समय सल्यानमा पनि लोक गायनमा लाग्नेको संख्या थपिदै छ । गीत लेख्ने, लय बनाउनेदेखि गाउने काममा विशेष गरि सल्यानका युवायुवतीहरुको आकर्षण देखिएको छ । कतिपयले आफ्नो रहर पुरा गर्नका लागि त कतिपय संगीत क्षेत्रमै टिक्ने भनेर यो क्षेत्रमा लागेको पाइएको छ ।
यस्तैमा सल्यान कपुरकोट गाउँपालिका मुलपानीका प्रेम महताराले पनि खाडिमा बसेर परिश्रम पोख्नेहरुको पिडालाइ ठट्यौली तरिकाले गीत ‘खाडिको कमाइ..’ बजारमा ल्याएका छन् । प्रेम महतारा, टंक महतारा र हेमराज बुढाथोकीले संयुक्त रुपमा यो गीत बनाएका हुन् ।
गीतमा स्वर चर्चीत गायक खुमन अधिकारी र सन्ध्या बुढाको छ । लय र शव्द भने सल्यान मुलपानीकै लकेट सेन ठकुरीले तयार गरेका हुन् ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा घरमा रहेकी श्रीमती तथा छोराछोरीले विलासि वस्तुहरुको माग गर्दा बिदेशमा बस्ने मानिसले दिने जवाफ प्रस्तुत गरिएको छ ।
भिडियोमा चर्चीत हाँस्य कलाकार कमल गाउँलेको अभिनय रहेको छ ।
गाउँलेलाइ भिडियोमा हाँस्यकलाकार पल्पसा डंगोल र हेमराज बुढाले साथ दिएका छन् । भिडियोको निर्देशन कपिल लामाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण