जाजरकोटमा पहिरोको जोखिम बढ्यो
जाजरकोट– जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट भएको छ । गत साउन ४ गते पहिरोले जुनीचाँदे गाउँपालिका–६ का भक्तबहादुर बुढाको घर पुरिँदा उनकी श्रीमती लली र ९ वर्षीया छोरी सिर्जनाको मृत्यु भयो । भक्तबहादुरसहित तीन जना घाइते भए ।
पहिरोबाट बुढाको रु ७ लाख ७५ हजार बराबरको सम्पत्ति नष्ट भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । समितिले मृतकका आफन्तलाई जनही रु १ लाख तथा पीडित परिवारलाई रु १० हजार उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कर्णाली प्रदेश सरकारले मृतकलाई रु २५ हजार तथा जुनीचाँदे गाउँपालिकाले रु २५ हजार राहत उपलब्ध गराएको छ ।
यस्तै गत साउन २० मा पहिरोले भेरी नगरपालिका–३ मा २५ वर्षीया शितली लुहार, १० वर्षीया रञ्जना लुहार, सात वर्षीया मनिषा लुहार, तीन वर्षीया भगवती लुहार, पाँच वर्षीया नज्मा बोहरा, १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, पाँच वर्षीय दशरथ परियार र ११ वर्षीय गोविन्द परियारको मृत्यु भयो ।
पहिरोबाट नो परिवारको रु २५ लाख बराबरको सम्पत्ति क्षति भयो । मृतकका परिवारलाई विपद् व्यवस्थापन समितिले जनही रु १ लाख, घरधनीलाई जनही रु २५ हजार, जोखिममा परेकालाई अवस्था हेरी रु ८ हजारदेखि रु १५ हजारसम्म राहत उपलब्ध गरायो । कर्णाली प्रदेश सरकारले जनही रु २५ हजार, समाजसेवी तथा निर्माण व्यवसायी रत्नबहादुर खड्काले जनही रु ३० हजार र उद्योग वाणिज्य सङ्घले रु २२ हजार ५०० उपलब्ध गरायो । आमाबाबु गुमाएका आठ वर्षीय सुरेन्द्र परियारको लालनपालन, शिक्षाको व्यवस्था गर्ने गरी उनलाई एसओएस बालग्राम सुर्खेतमा भर्ना गरिएको प्रजिअ बस्नेतले बताए ।
यसैगरी गत साउन २८ गते बाढीले नलगाड नगरपालिका–७ का उमेश शाहीको मृत्यु भयो । सो नगरपालिकाका विभिन्न वडामा आएको बाढी, पहिरो र भू–क्षयबाट २६ घर पूर्णरुपमा क्षति तथा २५ घरमा आंशिक क्षति पुगेको थियो । बाढी पहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बयासी ८२ परिवार जोखिममा छन् । बाढी पहिरोले १०६ रोपनीमा लगाएको धान, मकै र अलैँची पूर्णरूपमा नष्ट भएको छ ।
नलगाडमा रु १६ करोडको सम्पत्ति तथा भौतिक संरचना नष्ट भएको छ । नगरपालिकाले मृतकको परिवारलाई जनही रु एक लाख, विस्थापितलाई रु ५० हजार, घर आंशिक रूपमा क्षति भएकालाई जनही रु २० हजार राहत वितरण गरिएको छ । यही भदौ २ गते जुनीचाँदे गाउँपालिका–४ का पाँच वर्षीय महेश चदाराको बाढीले बगाएर तथा भेरी नगरपालिका–१ की १३ वर्षीया पुष्पा चदाराको बाढीले बगाएर मृत्यु भयो । उनीहरुलाई विपद व्यवस्थापन समितिले रु एक÷एक लाख उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण