आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बोडेको नीलबाराही नाच, हेर्नुहोस् १८ तस्बिरमा

बिहीबार, १४ भदौ २०७५, २१ : ०७
बिहीबार, १४ भदौ २०७५

भक्तपुर । थिमि बोडेको नीलबाराही नाच चलिरहेको छ । 

यो नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ । यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ ।

नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ । प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।

नृत्य टोलीमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौजना गरी १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप