पहिरोका कारण पूर्वी रुकुममा यातायात अवरुद्ध
बुटवल– दुई सातादेखि परेको अविरल बर्षासँगै ठाउँ ठाउँमा गएको पहिरोका कारण यातायात अवरुद्ध बन्दा पूर्वी रुकुमका वासिन्दालाई आवत जावतमा समस्या परेको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पूर्वको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।
मध्यपहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउँ र खोपिचारमा पहिरो गएको छ । त्यस्तै अन्य स्थानमा सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा यातायात सेवा अबरुद्ध भएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।
उनका अनुसार पहिरो तथा सडक खाल्डाखुल्डी हुँदा रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट पुग्न तीनवटा गाडी फेर्नुपर्ने अवस्था छ । मध्यपहाडी लोकमार्गका धेरै ठाउँहरुमा पहिरो गएर यातायात सेवा अबरुद्ध हुँदा समेत स्थानीय सरकारले कुनै पनि ध्यान नदिएको भन्दै रुकुमपूर्वका बासिन्दाले गुनासो गरेका छन् ।
सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले भने सिस्ने गाउँपालिकाको जेसिबी र टिपरले हिलाम्मे सडक सुधार्ने काम गरिरहेको बताईन् ।
पहिरो पन्छाउन लोकमार्ग निर्माण गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सनलाई तत्काल पहिरो पन्छाएर नियमितरूपमा यातायातका साधनहरु चल्ने वातावरण बताउन आग्रह गरेपनि उसले चासो नदिएको उनको भनाई छ ।
कालिका कन्ट्रक्सनले भने अविरल बर्षा संगैको पहिरो आउने क्रम नरोकिएकाले पहिरो हटाउन नसकिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण