हुम्लामा पहिरोका कारण २ करोड बढीको क्षति
कृष्णराज धमाला
सुर्खेत । गत वैशाख महिनायता हुम्लामा बाढीपहिरोबाट २ करोड बढीको भौतिक क्षति भएको छ । बाढीपहिरोबाट मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति हुन पुगेको हो ।
अहिलेसम्म जिल्लाका ५४ स्थानमा पहिरो जाँदा २ करोड, २१ लाख, ९१ हजार, ७ सय, ४९ रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले बताए ।
पहिरोबाट व्यक्तिका घर, विद्यालय, सरकारी संरचना, खानेपानी, कुलो र खेतीमा क्षति पुगेको डिएसपी श्रेष्ठले बताए ।
त्यसैगरी कर्णाली करिडोर अन्तरगतका सडकमा पनि क्षति पुगेको छ । जिल्लाका सातवटा गाउँ पालिकाका मध्ये नाम्खा १ मा ३, सिमकोटको वडा नम्वर १¸२¸४¸५¸६¸ र ७ मा ३२ वटा¸ खार्पुनाथको १¸४¸ र ५ मा चार, सर्केगाड गाउँ पालिकाको वडा नं १¸४¸५¸६ र ७ मा ११¸ चंखेलीको वडा नं ३ र ६ मा ३ वटा अदानचुलीको वडा नम्वर ५ र ६ मा ३ वटा र ताँजाकोटको वडा नम्वर ४ र ६ मा २ वटा पहिरो गएको प्रहरीले जनाएको छ ।
पहिरोबाट क्षति व्यहोरेका ६० जनालाई १ हजार पाँच सय देखि १० हजारसम्म राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण