आमाले रोकिन बालविवाह
जाजरकोट– स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए ।
छोरीले यही भदौ १२ गते बालविवाह गरेको भन्दै रोकिदिन आमा कल्पना रोकायले सोही वडाका वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकाइएको हो ।घरायसी सामान खरिदका लागि थलह बजार पुगेकी राधिका रोकाय कोहलपुरका प्रेम बुढासँग भागेर विवाह गरेकी हुन् ।
निवेदन दिएलगत्तै वडाध्यक्ष गोपाल नेपाली, वडा बाल संरक्षण समिति, प्रहरीको सक्रियतामा सो विवाह रद्द गराइ आफन्तको जिम्मा लगाइएको थियो । विवाहित राधिकाले पनि गल्ती गरेको भन्दै बालविवाह रोक्ने अभियानमा आफू पनि लाग्ने बताइन् । यसअघि जिल्लामा एक दर्जन यस्तै खालका बालविवाह रोकिएका थिए ।
कानूनले दण्डनीय मानेको बालविवाह गर्ने र गराउनेलाई कुनै पनि हालतमा कानूनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । हालै मात्र भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त संहिता विपरीत भएको विवाह स्वतः बदर र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना तोकिएको छ ।
उक्त नगरपालिकाको ०७४ भदौ ५ को निर्णयअनुसार उक्त वडालाई बालविवाह मुक्त वडा घोषणाका लागि विभिन्न पहल भइरहेको छ । यसै क्षेत्रमा बाल संरक्षण तथा बालविवाह न्यूनीकरणका लागि सेभ द चिल्ड्र्न र पाँचतारा युवा संरक्षक मञ्चले पनि एकीकृत परियोजनामार्फत लामो समयदेखि काम गर्दै आएका छन् ।
केही समयअघि मात्र त्यहाँको अभिभावक, बालबालिका, सरोकारवाला निकायले बालविवाह नगर्न र नगराउन सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण