आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाटन पुग्दा दङ्ग म्यानमारकी प्रथम महिला (फोटो)

शुक्रबार, १५ भदौ २०७५, १५ : २४
शुक्रबार, १५ भदौ २०७५

लतिलपुर । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा आएकी म्यानमारकी प्रथम महिला चो चोले शुक्रबार पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छिन् 

उनको साथमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य पनि सहभागी भएकी थिइन् । 

चो चोलाई ललितपुरका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए ।

उनको स्वागतका लागि पारम्परिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।

उनले सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राख्नुभएको प्याकुरेलले बताए । 

हेरौँ तस्विर :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप