कर्णालीमा राष्ट्रिय नाटक महोत्सव हुने
सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो ।
आरङ्ग नेपालको नेतृत्वमा कर्णाली प्रदेशको राजधानी, कला र रङ्गमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा सात वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव आयोजना गर्न लागिएको आरङ्ग नेपालका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए ।
कर्णाली प्रदेशको लोक नाटक र अभिनयलाई विशेष टेवा पुर्याउने र देशभर रङ्गमञ्चीय गतिविधिको सन्देश दिन नाटक महोत्सव महत्वपूर्ण हुने बरिष्ठ रङ्गकर्मी गौतमको भनाइ छ ।
सांस्कृतिक संस्थान नेपालको प्रस्ताव र सहयोगमा कर्णाली प्रदेशमा महोत्सव गर्न लागिएको हो ।
महोत्सवका लागि सांस्कृितक संस्थान, राष्ट्रिय नाचघरलगायतले आर्थिक सहयोगको प्रतिवद्धता गरेको जनाइएको छ । राष्ट्रिय नाटक महोत्सव गर्न करिब ५८ लाख खर्च हुने गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण