साझा पर्व बन्दै लाखेनाच
दुल्लु– विशेषगरी नेवार समुदायले मनाउँदै आएको लाखेनाच दैलेखमा भने सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको छ । नेवार समुदायबाहेक अन्य समुदायले समेत पर्व मनाउन थालेपछि सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको हो ।
लाखेनाच संरक्षण गर्न दैलेखका नेवार समुदायसँगै अन्य समुदायले पर्वका रुपमा मनाउन थालेका हुन् । दुई सय वर्षदेखि सञ्चालन हुँदै आएको लाखेनाच लोप हुन नदिन अन्य समुदायले नाचको शुरुवात गरेका हुन् ।
जिल्ला सदरमुकाम दैलेख बजारलगायत ग्रामीणस्तरमा समेत लाखेनाचको प्रभाव बढेको छ । भगवान् श्री कृष्णको जन्मलिलासँग सम्बन्धित लाखेनाच सोमबार दैलेखमा सम्पन्न भयो । गत साउन २४ गते गठेमङ्गल घण्टाकर्णबाट शुरु भएको लाखेनाच एक महिने लामो वर्षे मेला सोमबार सम्पन्न भएको हो ।
आइतबार राति १२ बजे श्रीकृष्णको जन्म गराई सोमबार कृष्णले लाखेको बध गरेपछि मेला सम्पन्न हुने गर्दछ । श्रीकृष्णले कंशलाई मारेको सम्झनामा लाखेनाच नाच्ने गरिन्छ । एक महिनासम्म नाचिने लाखेनाचको श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट समापन गर्ने परम्परा छ । दैलेख सदरमुकाम, दुल्लु, बेस्तडा, नौमूले, डुङ्गेश्वरलगायतका स्थानीयवासीका घर तथा बजारमा सो नाचको प्रदर्शन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण