२४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेका छौंः कानूनमन्त्री भण्डारी
सुर्खेत– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताएका छन् । शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिए ।
उनले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताए । ‘कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको छ,’ उनले भने, ‘जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिनेछन् ।’
प्रविधिमैत्री विद्यालय सञ्चालन र खस्किँदो शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउन प्रदेश सरकारले शिक्षा रुपान्तरणका अभियानकर्मीलाई सहयात्री बनाउने कानूनमन्त्री भण्डारीको भनाइ थियो ।
शिक्षा समन्वय एकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले परम्परागत घोकन्ते शिक्षण सिकाइ विस्थापित गर्ने जनाउँदै सामुदायिक विद्यालयका शिक्षकहरुले लापरवाही या जागीरमध्ये एउटा छोड्नै पर्छ ।’ सहयोगी संस्थाका कार्यकारी निर्देशक अर्जुन भट्टले बालबालिकालाई बोलेर पढाउँदा सात र नबोलेर पढाउँदा ९३ प्रतिशत बुझ्नसक्ने जिकिर गरे । ‘शिक्षण कला हो । लक्ष्यविन्दुमा केन्द्रित हुनुहोस्,’ निर्देशक भट्टले भने, ‘कर्म गर्नुस्, छोड्नुभयो भने अस्तित्व समाप्त हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण