पहिरोमा परेर एक जनाको मृत्यु, आठ जना घाइते
आइतबार, २४ भदौ २०७५, १९ : ४४
घोराही– सल्यानमा पहिरोबाट खसेको ढुंगाले लाग्दा एक जनाको निधन भएको छ । मलामी गएर घर फर्कने क्रममा सल्यानको कालीमाटी गाउँपालिका—१ चादीका ४६ बर्षीया भक्तबहादुर डाँगीको ढुंगाले लाग्दा निधन भएको हो ।
शनिबार (हिजो) शारदा नदिबाट मलामी गएर फर्केने क्रममा डाँगीलाई पहिरोबाट खसेको ढुंगाले लाग्दा घटनास्थलमै निधन भएको सल्यान प्रहरीले जनाएको छ । यस्तै पहिरोबाट खसेका ढुंगाले लाग्दा अन्य आठ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
साथै उनीहरुको स्थानीय मेडिकलमा सामान्य उपचार गरेर घर फर्केको प्रहरीले जनाएको छ । यस्तै मृतक डाँगीको सल्यान अस्पतालमा पोष्टमाटम् गरेर दाहसंस्कारका लागि आफन्तलाई बुझाएको सल्यान प्रहरी प्रमुख बिरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण