आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्विरमा हेर्नुहोस् चिनियाँ भाषा, कला र संस्कृति प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम

सोमबार, २५ भदौ २०७५, १० : १६
सोमबार, २५ भदौ २०७५

काठमाडौँ । चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेको छ ।

प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताए । 

मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्धमा थप उचाइ दिएको बताए । 

मन्त्री ज्ञवालीले यस्ता कार्यक्रममा विद्यार्थीको सहभागिताले दुई देशबीचको सम्बन्ध विस्तारका साथै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने उल्लेख गरे । 

उनले भने,“दुई देशका यस्ता विद्यार्थी हाम्रा सम्बन्धका वास्तविक राजदूत हुन् । यिनीहरुले दुई छिमेकीको सम्बन्धको प्रवद्र्धन गर्नेछन् ।” 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई देशको सम्बन्ध प्रवद्र्धनमा यस्ता गतिविधिले महत्वपूर्ण साधनका रुपमा काम गर्ने बताउँदै विद्यार्थीको सिर्जनशील क्षमता र कलाको प्रशंसा गरे । 

तीन प्रतियोगितामा २०१ विद्यालयबाट दुई हजार ३०० विद्यार्थी सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप