रोजाइमा जुम्लाको स्याउ
–नीरज गौतम
नेपालगञ्ज– स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ । अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ ।
दैनिक करीब दुई ट्रक स्याउ नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जी मण्डीमा बिक्रीका लागि आइरहेको छ । त्यहाँबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गर्दछन् । भदौको दोस्रो साताबाट बजारमा आएसँगै भारत र चीनका स्याउ यहाँको बजारबाट विस्थापित जस्तै भएको छ । यसले त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्,‘जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी ल्याउने गरिएको छ ।’
दैनिक करिब सय क्विन्टल स्याउ बिक्रीका लागि फलफूल मण्डीमा आउँछ । त्यहाँबाट बाँकेका विभिन्न बजारमा खुद्रा मूल्यमा बिक्रीका लागि व्यापारीले लिएर जान्छन् भने बर्दिया र कैलालीसम्म स्याउ जान्छ । फलफूल व्यापारी मोहम्मद नसिम जुम्लाको स्याउ दैनिक २० देखि ५० किलोसम्म बिक्री गरेर आएको नाफाबाट आफू सन्तुष्ट रहेको बताउछन् ।
यसको थोक मूल्य अहिले रु ५० देखि रु ९० प्रतिकेजी छ । खुद्रा व्यापारीले रु ८० देखि रु १३० प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म यसका पारखीले जुम्ली स्याउ नै रोज्दछन् । ठूलो, मझौला र सानो तीन प्रकारले वर्गीकरण गरी स्याउ बिक्री भइरहेको छ । स्थानीय डिबी राउतले जुम्लाको स्याउ स्वादिलो भएकोले अरुभन्दा यही नै रोज्ने गरेको बताए ।
व्यवसायी संस्थालाई करीब रु २० लाख सहयोग
वातावरणमैत्री व्यवसाय प्रवद्र्धन गर्न उद्यमीलाई भेरी वातावरण विशिष्टता समूह ९बी—ग्रुप० ले आर्थिक सहयोग गरेको छ । वातावरण अनुकूलनमैत्री, उत्थानशीलता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन कार्यक्रम अन्तर्गत नेपालगञ्जका आठ व्यवसायी संस्थालाई रु १९ लाख ८० हजार अनुदान उपलब्ध गराइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको समन्वय, सहकार्य र बजारीकरण हुने गरी पञ्चशील हस्तकला केन्द्रलाई रु ६ लाख, एकता महिला सशक्तिकरण केन्द्रलाई रु ६ लाख र नेपाल वेष्ट रिसाइक्लर्स उद्योगलाई रु तीन लाख ३० हजार दिइएको छ । मिलिजुली महिला सिलाइकटाइ समूह, वडा न १९, २० र २३ का तीन सहकारी समूह प्रत्येकलाई रु ९० हजार सहयोग प्रदान गरिएको छ ।
आज यहाँ आयोजित समारोहमा नगर प्रमुख डा.धवलशम्शेर राणाले ती संस्थालाई सहयोग रकमको चेक हस्तान्तरण गरे । उनले यसप्रकारको आर्थिक सहयोगले वातावरण प्रदूषण नियन्त्रणसँगै वातावरण अनुकूलन व्यवसाय प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण