शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

बुधबार, २७ भदौ २०७५, १५ : ०५
बुधबार, २७ भदौ २०७५

मुसीकोट– वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । 

रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम(पश्चिम) को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट जोड्ने सडकखण्ड आजदेखि सुचारु भएको हो । 

केही दिनदेखि वर्षा हुने क्रम रोकिएपछि सिस्ने गाउँपालिकाको पहलमा गाउँपालिकाको डोजर र टिपर तथा मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनको दोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाइएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। 

यसअघि पनि पटक–पटक पहिरो हटाएर यातायात सेवा सञ्चालन गर्ने गरिएकामा अविरल वर्षाका कारण पुनः पहिरो झरेर अवरुद्ध हुने गरेको थियो । 
तर अब भने वर्षा कम भैसकेकाले मुसीकोट–रुकुमकोट यातायात सेवा नियमित हुने विश्वास गरिएको छ । 

रुकुम(पश्चिम) र (पूर्व) दुई जिल्लालाई जोड्ने यस सडकखण्डको ठाउँ ठाउँमा वर्खाभर पहिरो झर्ने समस्याका कारण यातायात सेवा अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती भोगेका छन् । 

सिस्ने गाउँपालिका– ६ का विभिन्न ठाउँमा मध्यपहाडी लोकमार्गको दोहोरो कटिङ भैरहेका कारण यो वर्ष यात्रुहरुले बढी नै सास्ती भोगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप