आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शुभेच्छा थापाका ‘स्क्यान्डल’ : वक्षस्थलमा नेपाली झन्डा, खादाले गोप्य अंग छोपेर ‘फोटोसुट’

शनिबार, ३० भदौ २०७५, ११ : २२
शनिबार, ३० भदौ २०७५

आफ्नै लगानीमा निर्मित चलचित्रमा मात्रै अभिनय गर्दै आएकी नायिका शुभेच्छा थापा ग्ल्यामरविना चलचित्र चलाउन गाह्रो भएको बताउँछिन् । त्यसलाई प्रमाणित गर्दै नायिका थापाले कहिले वक्षस्थलमा नेपालको राष्ट्रिय झन्डाको ट्याटु खोपाएर चर्चामा आउँछिन् भने कहिले माछाले वक्षस्थल छोपेर फोटोसुट गर्दा आलोच्य हुन्छिन् । 

३० वर्ष पुगेपछि चलचित्र निर्माता तथा निर्देशकले नायिकालाई वास्ता गर्दैनन् भनेर गुनासो गर्दै आएकी नायिका थापाले बिन्दास–३ का लागि खादाले गोप्य अंग छोपेर फोटोसुट गर्दा उनको पुत्ला जलाउन खोजिएको थियो ।

खादाले गोप्य अंग छोपेर फोटोसुट गर्दा व्यापक विरोध गरिए पनि क्षमा मागेरमात्रै नभएर बौद्ध पुगेर क्षमापूजा गरेपछि विवाद साम्य भएको थियो । ६ महिनामा विवाद साम्य पार्न सफल नायिका तथा चलचित्र निर्माता शुभेच्छा थापाले आफ्ना विवाद, विवादका पृष्ठभूमि र समाधानबारे यसरी प्रस्टीकरण दिइन् :

वक्षस्थलमा नेपाली झन्डा
ट्याटु खोप्ने फेसन चलेको छ । नायिका शुभेच्छा थापाले पनि वक्षस्थलको दायाँपट्टि नेपालको झन्डाको ट्याटु खोपाइन् । ‘शुभेच्छा थापा आफूलाई भन्दा देशलाई बढी माया गर्छे,’ ट्याटु खोपाउनुको पृष्ठभूमि सुनाइन्, ‘वक्षस्थलमा ट्याटु खोपाएर प्रमाणित गरिदिएँ । मेरो छातीमा ट्याटु खोपाउन नपाउने नियम छैन । मलाई मन लाग्यो बनाएँ ।’ 

वक्षस्थलमा ट्याटु खोपाएपछि सकारात्मक र नकारात्मक प्रतिक्रिया पाएँ । मेरा जति पनि महिला फ्यान छन् भने ट्याटुकै कारणले बनेका थिए । उनको वक्षस्थलको बायाँपट्टि नेपालको क्रस झन्डाको ट्याटु छ । ट्याटु खोपेको ठाउँलाई अंग नमानेर माया देखाउने ठाउँ पनि मान्न सकिने उनको तर्क छ ।

तीन वर्षअघि खोपेको नेपालको झन्डासहितको ट्याटुमा ‘आई लभ नेपाल’ उल्लेख छ । ‘संवेदनशील ठाउँमा बनाउनुपर्ने भएकाले पौने घन्टा समय लागेको थियो,’ ट्याटुकार बाबुलले खोपेको ट्याटुको प्रशंसा गर्दै उनले थपिन्, ‘चन्द्र, सूर्यको आकृति बनाउनैपर्यो । त्यतिबेला सो ट्याटु खोप्न १० हजार रुपैयाँ लागेको थियो ।’

माछाले वक्षस्थल छोपेर ‘फोटो सेसन’ 
चलचित्र ‘मिस नेपाल’ प्रचार–प्रसारका लागि फोटो खिचाउनु थियो । प्रचार–प्रसारका लागि नयाँ तरिकाले फोटोसुट गर्ने उपाय खोजिन् । ‘गुगलमा फोटो सर्च गरें,’ उनले जोडिन्, ‘फोटो सर्च गर्दै जाँदा मोडल तथा नायिका सर्लिन चोपडाको फोटोमा आँखा पर्यो । उनले गरेको फोटोसुट असाध्यै मन पर्यो । मैले त्यही स्टाइलमा फोटोसुट गरें ।’

‘आफूलाई मन परेकाले त्यस्तै फोटो सुट गरें त के बिराएँ,’ उनले थपिन्, ‘त्यो फोटो त्यति धेरै अश्लील छ जस्तो लाग्दैन । कपि गर्ने म पहिलो र अन्तिम कलाकार होइन ।’ भारतीय मोडल तथा नायिका सर्लिन चोपडाले जस्तै नक्कल गरेर फोटोसुट गरेको फोटो सार्वजनिक भएपछि उनको आलोचना गर्नेको कमी भएन ।    

खादाले गोप्य अंग छोपेर ‘फोटोसुट’ गर्दा झन्डै पुत्लादहन 
‘बिन्दास–३ का लागि फोटोसुट गर्दै थियौं,’ नायिका थापाले प्रस्ट्याइन्, ‘एउटै ड्रेसमा फोटोसुट गर्नुभन्दा केही कन्सेप्ट चेन्ज गरौं भन्ने लाग्यो । तस्बिर फोटो स्टुडियोमा खादा झुन्डिरहेको थियो । त्यही बेरेर फोटो खिचाएँ ।’

खादा लगाएर फोटो खिचौं भनेर असिस्टेन्ट भाइले स्टुडियोका दाइलाई सोधे । दाइले त्यस्तो गर्नुहुँदैन भने । ‘खादा लगाएर फोटो खिचे पनि फेडअप (कलर चेन्ज) गर्ने हो भनेर फोटो खिचिहालियो,’ उनले थपिन्, ‘भित्र लगाएको वस्त्र नदेखियोस् भनेर खादा लगाएकी थिएँ । माथि लगाउँदा फरक नपर्ला तर तलकोचाहिँ फेडअप गर्ने सल्लाह भएको थियो ।’ 

फोटोसुट सकियो । फोटोसपबाट फोटो ‘एडिट’ भयो । तर, एडिट नभएको फोटो एक अनलाइन म्यागेजिनमा सार्वजनिक भयो । फोटो सार्वजनिक भएपछि सर्वत्र विरोध भयो । फोटो फेडअप गर्ने भनेको कसरी यस्तो भयो होला भनेर पत्ता लगाउनै समय लाग्यो । त्यतिन्जेलसम्म फोटो भाइरल भइसकेको थियो । 

चलचित्र विकास बोर्डसम्बद्धले टेलिफोन गरेका गर्यै थिए । गाह्रो भएकाले मैले फोन उठाउन सकिरहेकी थिइनँ । त्यसरी बस्दा समस्या समाधान हुँदैनथ्यो । त्यसपछि माफी माग्नुको विकल्प थिएन । माफी माग्दामाग्दै पनि मेरो पुत्ला जलाउनसम्म लागेका थिए । दुई महिनासम्म उहाँहरूको रिस मरेको थिएन । ‘त्यसपछि बौद्ध पुगेर क्षमापूजासम्म गरें,’ उनले खुसी व्यक्त गरिन्, ‘उहाँहरूलाई माफी दिन ६ महिना लाग्यो । हिओआज उहाँहरूको माया पाइसकेकी छु ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप