देउवा सरकार मैले चाइनिज भाषा नबुझेजस्तै भयोः केपी ओली
बिहीबार, ०५ साउन २०७४, १४ : १६
काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गरेका छन् ।
बिहिबार राजधानीमा जिफन्टको सातौं राष्टिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन समारोहमा बोल्दै उनले सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे ।
‘यो सरकारलाई विकास भन्ने कुरा केहि थाहा छैन ’, उनले भने, ‘ मेरो अगाडी चाइनिज भाषा बोले मेले बुझ्दिन । त्यसैगरी सरकारको विकासको कुरा बुझ्दैन ।’ उनले वर्तमान सरकार लाभ प्राप्त हुँदा जे पनि गर्ने खालको भएको भन्दै सार्वभौमिकता, भौगोलिक अखण्डताको जस्ता सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए । उनले आफूले भनेका कतिपय राम्रा कुराहरु अनलाइनहरुले उखान टुक्काको रुपमा बुझेको भन्दै कटाक्ष समेत गर्न भ्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण