पश्चिम रुकुममा असोज ११ देखि स्यार्पुृ महोत्सव हुँदै
बुटवल –पश्चिम रुकुममा आगामी असोज ११ देखि १५ गतेसम्म हुने दोस्रो स्यार्पू पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । बाँफीकोट गाउँपालिकासिथ्त वडा नम्वर ३ र ५ मा फैलिएको स्यार्पु तालको छेउमै हुने महोत्सवमा मेला भर्न आउनेहरुलाई खान र बास ब्यवस्थापनको काम भईरहेको आयोजकले जनाएको छ ।
महोत्सव मुल समारोह समितिका सचिव चन्द्रबहादुर केसीका अनुसार स्यार्पुताल वरपर होमस्टे निर्माण गरिएको छ । होमस्टे र अन्य घरहरुमा बसेर खान खानेहरुलाई खसीको मासु भात प्रति छाक दुई २२० र लोकल कुखराको मासुसहित २ सय ३० तोकिएको छ । आवास ब्यवस्थापन उपसमितिले खाना र बासको दर तोकेको हो ।
त्यस्तै, ब्रोइलर कुखुराको मासु सहितको खानाको मुल्य २ सय तोकिएको छ । ‘जल, जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवले स्थानीयको आयश्रोत बढ्ने आयोजकको अपेक्षा छ । सुन्दर टापुमा अवस्थि उक्त ताल र वरपरको दृश्य निकै मनोरम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण