समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभाराः मुख्यमन्त्री शाही
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताएका छन् ।
चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले आजको दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी विकाससहितको समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरेका छन् ।
सन्देशमा भनिएको छ, ‘नेपाली जनताको दशकौँदेखिको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ जारी भएको थियो । जसले जनताको घर आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा पुर्याएको छ ।’
कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानून तथा योजना निर्माणका रूपमा लिएको विचार व्यक्त गर्दै उनले हरेक नागरिकलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्दै संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न हार्दिक अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण