न्यायिक क्षेत्रमा जनशक्ति अभाव भएपछि कारबाही गर्न समस्या
वीरेन्द्रनगर– उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानूनी कारबाहीमा समस्या परिरहेको बताएका छन्। पब्लिक एकेडेमी माध्यमिक विद्यालयले बुधबार वीरेन्द्रनगरमा कानून सङ्कायका विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
विगतदेखि नै कानुन पढेका जनशक्तिको अभावका कारण कानूनी काम कारबाहीमा बाधाअड्चन थपिँदै आएको छ भन्दै मुख्य न्यायाधिश पोखरेलले आवश्यकतानुसार जनशक्ति नहुँदा न्यायिक निर्णयमा ढिलाइ हुने, कामको चाप बढ्नेजस्ता समस्या यथावत रहेको गुनासो गरे । जिल्लामा पहिलोपटक माध्यमिक तहमा कानून विषय अध्यापन भएपछि दक्ष जनशक्ति आपूर्तिमा सहज हुने उनले बताए ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले कानून व्यवसायी समाज र सभ्यताको रक्षक भएको चर्चा गर्दै संसारमा महत्वपूर्ण मानिएका दुई कोटमध्ये सेतो कोटले मानिसको जीवन रक्षा गर्दछ भने कालो कोटले समाज र सभ्यताको रक्षा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण