आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भैरवको मूर्तिबाट बगेको प्रसाद खान महिलाहरुको तछाडमछाड, हेर्नुहोस् तस्विर

बुधबार, १० असोज २०७५, २१ : ५५
बुधबार, १० असोज २०७५

काठमाडौँ । काठमाडौँमा यतिबेला इन्द्रजात्रा धुमधामका साथ मनाइँदैछ। 

आठ दिनसम्म मनाइने यो जात्रामा हनुमानढोकामा रहेको श्वेत भैरवको विशाल मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसादको रुपमा जाँड बगाइन्छ ।

यो प्रसाद खाएमा निरोगी हुने विश्वास छ।

प्रसादका लागि तछाडमछाड हुने गर्दछ । त्यही भएर केही वर्षदेखि एक दिन महिलाका लागि छुट्याउन थालिएको छ। 

यसै अनुसार बुधबार प्रसाद पिउनका लागि महिलाका लागि आरक्षण गरिएको थियो।

पाइपबाट बगाइएको जाँड पिउनका लागि महिलाहरुको बाक्लै भीड थियो । 

हेरौँ केही तस्विर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप