यस्तो बन्यो नालापानीको अफिसियल टिजर
काठमाडौं – सन् १८१४ को देहरादुनस्थित नालापानी गढीमा भएको अग्रेज र नेपाल युद्धमा नेपाली फौजका कप्तान वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई बिषयबस्तु बनाइएको चलचित्र ‘नालापानी’ले अफिसियल टिजर ल्याएको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले टिजर ल्याएको हो । टिजर हेर्दा चलचित्र राम्रो बनेको अनुमान लगाउन सकिन्छ ।
देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठल गायतका कलाकारको अभिनय चलचित्रमा छ । टिजरमा पनि चलचित्रका केही अंसले प्राथामिकता पाएका छन् ।
पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस् प्रालीको संयुक्त ब्यानरमा निर्माण भएको मनोज शाक्य निर्माता रहेकुो चलचित्र रिमेश अधिकारीले निर्देशन गरेका हुन् ।
बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् ।
प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ ।
ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको चलचित्रको सहनिर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण