आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शुरु भयो सुपथ मूल्यको पसल (फोटोफिचर)

शुक्रबार, १२ असोज २०७५, १७ : ०८
शुक्रबार, १२ असोज २०७५

काठमाडौं–सरकारले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर शुक्रबारदेखि सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पसलको उद्घाटन गरे ।

असोज २७ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा छुटको व्यवस्था गरिएको छ ।

 बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यस्तो पसलको सञ्चालन नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दूग्ध विकास संस्थान मिलेर गर्नेछन् । उनीहरुले नेशनल ट्रेडिङको भवन नजिक  संयुक्त एकीकृत मूल्यको पसल सञ्चालन गर्नेछन् ।  

त्यसबाहेक छुट्टा छुट्टै पनि सञ्चालन हुनेछ ।

साल्ट ट्रेडिङले आफ्ना व्यापारिक वस्तुमध्ये नुन र चिनी काठमाडौँमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल र काठमाडौँ बाहिर रहेको डिपो र कार्यालय गरी २४ स्थानबाट  बिक्रि वितरण गर्नेछ । साल्ट ट्रेडिङको उपत्यकाभित्र र बाहिर गरेर ३६ वटा बिक्रि बितरण केन्द्रहरु रहनेछन् । 

सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा कुन सामानको मूल्य कति ? (मूल्य सहित)

दूग्ध संस्थानले  घ्यु, पनिर लगायतका दुग्धजन्य वस्तुहरु काठमाडौँको लैनचौर, न्यूरोड र खुमलटार गरी तीन ठाउँबाट र काठमाडौँ उपत्यकाबाहिर हेटौँडाको औद्योगिक क्षेत्र र सालोक चोक, विराटनगरमा कञ्चनबारी र महेन्द्रनगर चोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवलमा एक, नेपालगंज–कोहलपुरमा एक र धनगढीमा गरी नेपालभर १२ स्थानबाट विक्रि वितरण गरिनेछ । 

सरकारी पसले र डिलर तथा सहकारीबाट  (जो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकरण भएका छन् ।) उनीहरुले विभिन्न छुटको पनि व्यवस्था गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप