चार दिनसम्म शवको पहिचान भएन
रुकुम पश्चिम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन् ।
वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५÷३६ वर्षकी महिलाको शव फेला परे पनि हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुबै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला परेको उक्त कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिए । शव सड्ने अवस्थामा पुगिसकेकाले केही दिनअघि नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
गहुगोरो वर्ण, ५ फिट उचाइ, मङ्गोलियन जस्ती देखिने, तामाङ जातिको पहिरन भएकी मृतकको बारेमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । उक्त शव पश्चिम रुकुम जिल्ला अस्पतालमा राखिएको छ । शवको पहिचान नहुँदा शव परीक्षण गर्न समस्या भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण