पानीको लाइन काटिएको भन्दै गाउँपालिकामा तालाबन्दी
रुकुम– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वि.सं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अब गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताए ।
लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ । गाउँपालिकाले हिजो भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।
तर स्थानीयले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुने अडान लिँदै गाउँपालिका कार्यालयमै तालाबन्दी गरेका हुन् । वडा नं २ कै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयवासीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण