‘सलल बगेको पानी’मा जस्मिन र विनोदको अभिनय (भिडियो)
शनिबार, २० असोज २०७५, १६ : २९
काठमाडौं –केही दिनपछि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘छक्का पन्जा ३’को हिट गीत ‘पहिलो नम्बरमा’का गायक डेबिट शंकरको अर्काे गीत ‘सलल बगेको पानी’ सार्वजनिक भएको छ ।
दिपक शर्माले संगीत रहेको यो गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । पत्रकार सुमन बैरागीको शब्द रहेको यो गीतमा उनलाई गायिका सहिमा श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।
‘पहिलो नम्बरमा’ गीत कोरियोग्राफर कविराज गहतराजकै नृत्य निर्देशन रहेको छ । भिडियो राजु अधिकारीले निर्देशन गरेका हुन् । सुदीप बरालको छायांकन रहेको भिडियोमा अभिनेत्री जस्मिन श्रेष्ठ र अभिनेता विनोद न्यौपानेको अभिनय रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण