‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’
जुम्ला ‘भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन’, जनप्रतिनिधिसँग आज जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्कल्प गरे ।
कर्णालीमा डोजर आतङ्कको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाए । ‘म भ्रष्टाचार गर्दिन,’ उनले भने, ‘र तपाई पनि नगर्नुस् ।’ अब विकासका लागि स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको शुरुआत जुम्लाबाट गर्नुपर्ने उनको भनाइ थियो ।
उनले अगाडि भने, ‘लगानी भित्र्याउने जिम्मा मेरो हो, तपाईहरु यही सोचका साथ काम गर्नुहोस् ।’ मुख्यमन्त्री शाहीले कर्णालीले नयाँ सिकाइ, सकारात्मक सोचका साथ अघि बढ्न आत्माप्रेरित हुनुपर्ने विचार व्यक्त गरे । कर्णालीलाई अन्तर्राष्ट्रिय व्यापारी केन्द्रका बनाइने भन्दै विकृत चीजविरुद्ध अभियान थाल्नुपर्ने उनको भनाइ थियो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी भने, ‘जनताको त्याग र बलिदानबाट निर्मित इतिहासमा अपराध र कमजोरी नगरौँ ।’ ‘हामी स्थानीय सरकारका प्रमुखलाई पनि भुरेटाकुरे राजाको जस्तो दम्भ नपलाओस्’, उनले भने, ‘व्यवस्था असफल होइन, हामी असफल हुन्छौँ ।’
कर्णाली प्रदेशको समृद्धिको सपनामा सबै एकाकार हुन अपरिहार्य रहेको जनाउँदै कानूनमन्त्री भण्डारीले नमूनायोग्य र उत्कृष्ट स्थानीय तह निर्माणमा ध्यान दिएर प्रदेश समृद्धिमा सहयोग पु¥याउन जनप्रतिनिधिलाई अनुरोध गरे ।
अन्तक्र्रियामा जुम्लाका एक नगरपालिकाका प्रमुख, सात गाउँपालिकाका अध्यक्ष र ६० वटा वडाका वडाध्यक्षले स्थानीय सरकारको विगतको अनुभव, अनुभूति र विकास योजनाका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण